२५ माघ २०८१, शुक्रबार
wait Please...

KChhaKhabar

मंगलबार, भाद्र ०१, २०७८

सप्तरी – कोभिड संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) को सर्कुलरको आधारमा आजेखि मुलुकभर स्मार्ट लकडाउनको कार्यविधि लागू भएको छ ।

यही कार्यविधिको आधारमा जिल्ला प्रशासन कार्यालयहरुले स्थानीय निकायहरुमा स्मार्ट लकडाउनको आदेश लागू गर्न सक्नेछन् ।सीसीएमसी प्रवक्ता नूरहरि खतिवडाले भदौ १ गतेदेखि मुलुकका ७७ वटै जिल्लामा कार्यविधि लागू भएको जनाए ।

जसअनुसार मुलुकलाई संक्रमण दर, मृत्युदर, स्वास्थ्य पूर्वाधारको अवस्था र बिरामीको चाप हेरेर रेड, एम्बर, एल्लो र ग्रीन जोनमा विभाजित गर्ने गरिनेछ ।रेडजोनमा समावेश भएका जिल्ला, महानगर, पालिकामा पूर्णरुपमा निषेध गर्ने र अन्य रङलाई गाइडलाइनको आधारमा निषेधाज्ञा खुकुलो बनाउने सीसीएमसीको तयारी छ ।

‘साविकमा अनुमानको आधारमा लकडाउन हुन्थ्यो भने अहिले तथ्य र वैज्ञानिक ढंगले स्मार्ट लकडाउन गर्न लागेका हौं’ प्रवक्ता खतिवडाले भने ।स्मार्ट लकडाउनको गाइडलाइनअनुसार डीसीएमसी र पालिकाहरुलाई संक्रमणको परिस्थिती हेरेर निषेधाज्ञा गर्ने जिम्मा दिइएको छ ।

‘जिल्ला प्रशासन र पालिकाले सीसीएमसीको गाइडलाइनअनुसार आजदेखि काम गर्नेछन्’ प्रवक्ता खतिवडाले भने ।मंगलबार सीसीएमसीले सबै ७७ वटा जिल्ला प्रशासनलाई कार्यविधि लागू गर्न परिपत्र पठाएको छ ।साथै, गृह मन्त्रालयलाई कार्यविधि लागू गराउन समेत सीसीएमसीले निर्देशन समेत दिएको छ ।काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीले सीसीएमसीबाट सर्कुलर भएअनुसार स्मार्ट लकडाउनको कार्यान्वयनबारे तयारी भैरहेको बताए ।

साउन महीना सुरु भएदेखि मुलुकभर कोभिड संक्रमणमा वृद्धि भएको छ । सरकारले तेस्रो लहर आउन सक्ने भन्दै सचेत समेत गराएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]