राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले अफगानिस्तानमा रहेका नेपालीप्रति चिन्ता व्यक्त गरेको छ। आइतबार राप्रपाका तीन अध्यक्ष पशुपतlशमशेर जबरा, डा. प्रकाशचन्द्र लोहनी र कमल थापाले संयुक्त वक्तव्य जारी गर्दै अफगानिस्तानमा रहेका नेपालीबारे चिन्ता व्यक्त गरेका छन्।
‘तालिवानी विद्रोहीहरूको आक्रमण बढ्दै जाँदा अफगानिस्तान डरलाग्दो गृहयुद्धमा फस्ने खतरा बढ्दै गएको छ । यस अवस्थामा त्यहाँ रहेका नेपालीको सुरक्षाबारे राप्रपा चिन्तित रहेको छ,’ उक्त वक्तव्यमा भनिएको छ, ‘तसर्थ, अफगानिस्तानमा रहेका नेपालीहरूलाई सुरक्षित तवरले स्वदेश फर्काउन तथा उनीहरूको पूर्ण सुरक्षाको व्यवस्था गर्न राप्रपा नेपाल सरकारसँग माग गर्दछ।’