शनिबारदेखि सुरु भएको नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक आज पनि जारी छ । बत्तिसपुतलीस्थित अनुपम फुडल्याण्ड ११ः०० बजेबाट बैठक सुरु हुनेछ ।
केन्द्रीय समिति बैठकको दोस्रो दिन सुरु हुनुअघि आइतबार बिहान माओवादीको स्थायी समिति बैठक बसेको छ । पार्टी कार्यालय पेरिसडाँडाँमा बिहान ८ बजे स्थायी समिति बैठक बसेको माओवादी केन्द्रका स्थायी समिति सदस्य गणेश साहले जानकारी दिए । साहका अनुसार करिब आधा घण्टा मात्रै बैठक बसेको थियो ।शनिबारको केन्द्रीय समितिको बैठकको समीक्षा र आजको बैठकमा योजनाबारे स्थायी समिति बैठकमा छलफल भएको साहले बताए । स्थायी समिति बैठक भन्दापनि स्थायी समितिका केही साथीहरु बसेर केही समय छलफल गर्यौँ साहले भने, ‘अन्य कुनै एजेण्डा कुरा भएन।’
शनिबारको बैठकमा पार्टी अध्यक्ष पुष्पकमल दाहालले प्रस्ताव पेस गरेका छन् । आइतबारबाट बैठकमा प्रचण्डले पेस गरेको प्रस्तावमाथि छलफल हुने माओवादी नेताले जानकारी दिएका छन् ।