२५ माघ २०८१, शुक्रबार
wait Please...

KChhaKhabar

बिहिबार, साउन २८, २०७८

सर्लाही – गुल्मीमा चट्याङ लागेर २ जनाको मृत्यु भएको छ। ६ जना घाइते भएका छन्‌।

बिहीबार बिहान चट्याङ लागेर जिल्लाको मालिका गाउँपालिका-२, पाटाखर्ककी २८ वर्षीया कमला प्रतेलको ज्यान गएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ। प्रतेलको घरमा समेत क्षती भएको प्रहरीले जनाएको छ।यस्तै, बुधबार साँझ जिल्लाको इश्मा गाउँपालिका-४ का ११ वर्षीय राहुल गन्धर्वको पनि चट्याङ लागेरै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक पुरुषोत्तम पाण्डेले जानकारी दिएका छन्‌।चट्याङ लागेर ४२ वर्षीय रामबहादुर गन्धर्व, २४ वर्षीया रूपा नेपाली, ९ वर्षीय किस्मत नेपाली, १७ वर्षीया राधा खत्री, २३ वर्षीया गोमा खत्री र २४ वर्षीया शर्मिला खत्री घाइते भएको प्रहरीले जनाएको छ।

घाइतेमध्ये रामबहादुर रूपा र किस्मतको पाल्पाको लुम्बिनी मेडिकल कलेजमा उपचार भइरहेको छ। राधा खत्रीको दोहोली प्राथमिक स्वास्थ्य केन्द्रमा र अन्यको गुल्मी अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ। गुल्मी अस्पतालमा मृतकहरूको शव पोष्टमार्टम गर्ने कार्य भइरहेको प्रहरीले जानकारी दिएको छ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]