३० माघ २०८१, बुधबार
wait Please...

KChhaKhabar

मंगलबार, साउन २६, २०७८

काठमाडौँ – नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले आफु फेरि असाधारण बहुमतका साथमा प्रधानमन्त्री बन्ने दाबी गरेका छन् ।

प्रतिनिधिसभाको आजको बैठकमा विशेष समय लिएर बोल्दै ओलीले आफू प्रधानमन्त्री हट्नु कुनै चिन्ताको विषय नरहेको बताए । उनले आगामी चुनावबाट असाधारण जनमतसहित सरकारको नेतृत्वमा मुलढोकाबाट प्रवेश गर्ने दाबी समेत गरे । उनले भने, ‘फेरि पनि मुलढोकाबाट असाधारण जनतका साथ प्रवेश गरिनेछ । जस्केलाबाट होइन ।’पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीले आफू जनादेशबाट प्रधानमन्त्री भएको भएपनि अदालतले हटाएको बताए ।उनले भने, ‘मलाई राम्रो ग्रहदशाले प्रधानमन्त्री बनाएको होइन । मलाई काम हेरेर नेपाली जनताले प्रधानमन्त्री बनाएको हो । विभिन्न पार्टीका नेताहरुको कुण्ठाबाट प्रधानमन्त्री बनेको होइन । परमादेशबाट हैन, जनादेशबाट प्रधानमन्त्री भएको होइन । जाली मुद्धाबाट प्रधानमन्त्री बनेको होइन । नेपाली जनताले ममाथी विश्वास गरेर ससुम्पिएको जिम्मेवारी हो ।’

सर्वोच्च अदालतको फैसला समेत अध्यक्ष ओलीले असन्तुष्टि व्यक्त गरे । उनले भने,‘विश्वमा पहिलो रेकडै बनेको छ । अदालतबाट प्रधानमन्त्री नियुक्त हुने । अदालतलाई धेरै विवादमा ल्याउनु जरुरी छैन । प्रधानमन्त्रीबाट हट्न परेकोमा चिन्ता छैन । अदालतजस्तो सबैले विश्वास गनुपर्ने संस्थाका बारेमा अविश्वास नआओस् भन्ने चिन्ता मेरो छ । लोकतन्त्रमा मेरो चिन्ता छ ।’ सरकार गठन भएको एक महिनासम्म पनि सरकारले पूर्णता पाउन नसक्नु सरकारको असफलता रहेको समेत उनले टिप्पणी गरेका छन् ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]