प्रध्यानाध्यापकले १५००० रुपैयाँ मागेको र पैसा नदिँदा रिजल्ट बिगारिदिएको विद्यार्थीहरुको आरोप
जनकपुर – एक विद्यालयको सम्पूर्ण विद्यार्थीको रिजल्ट ‘सि’ ग्रेड, विद्यार्थी आन्दोलीत एसईईमा अंक वढाउनका लागि विद्यालयले मागेको रकम नदिदा जनकपुरधामका एक विद्यालयले मुल्यांकन कमजोर पठाएर विद्यार्थीहरुको भविष्यसंग खेलवाड गरेको आरोप लागेको छ ।
जनकपुरधामको युनाइटेड एकेडमी विद्यालयले एसईई परिक्षामा राम्रो मुल्यांकन पठाउनका लागि मागेको पैसा विद्यार्थीहरुले नदिदा त्यसमा अध्यनरत करिव २९ जना विद्यार्थीको मुल्यांकन कमजोर पठाई सबै विद्यार्थीको उच्च शिक्षाको सपनामाथि तुषारापात भएको छ ।भरखरै सार्वजनिक भएको एसईईको रिजल्टमा सो विद्यालयबाट एसइइका लागि फारम भरेका सवै विद्यार्थीको सी प्लस मात्रै आएको र विज्ञान लगायतका विषय पढनबाट वंचीत गरि विद्यालयले भविष्यमाथि खेलवाड गरेको विद्यार्थीहरुले वताएका छन । विद्यार्थीहरुले सोमवार कमजोर मुल्यांकन गरेको विरोधमा सोमवार विद्यालय घेराउ समेत गरेका छन । विद्यार्थीहरुका अनुसार मुल्यांकन भन्दा पहिले बसेको विद्यार्थी,विद्यार्थीको अभिभावक र शिक्षकहरुको वैठकमा विद्यालयका प्रिन्सिपल कुशे यादवले विद्यार्थीहरुको मुल्यांकन बढाएर उच्च ग्रेड ल्याउनका लागि प्रति विद्यार्थी १५ हजार माग गरिएको थियो तर अभिभावकले विभिन्न फिसहरु तिर्दै आएकोले प्रिन्सिपल यादवले माग गरेको पैसा दिनबाट अस्विकार गरेको थियो । यता रिजल्ट सार्वजनिक भएपछि सो विद्यालयका २९ जना विद्यार्थीको रिजल्ट कमजोर आएको यसबाट उच्च शिक्षामा साइन्स विषय पढनबाट वंचित भई भविष्यनै अन्धकार भएको भन्दै विद्यालय विरुद्ध अदालत जाने चेतावनी समेत दिएको छ ।
यता प्राप्त जानकारि अनुसार सो विद्यालयसंग दस कक्षा पढाउनका लागि अनुमतीसम्म नरहेको वताइएको छ । यस विषयमा विद्यालयका प्रिन्सिपल यादवसंग सम्पर्क गर्दा उनले आफु विद्यालयभन्दा बाहिर रहेको र भेटपछि मात्र केहि भन्न मिल्ने प्रतिक्रिया दिएका छन ।