सुर्खेतमा शनिबार ४२ पिन्ट रगत संकलन गरिएको छ । लायन्स क्लब अफ सुर्खेतले आयोजना गरेको रक्तदान कार्यक्रममा ४२ पिन्ट रगत संकलन भएको हो ।
कोरोनाका कारण अस्पतालमा रगत अभाव भएपछि रक्तदान कार्यक्रमको आयोजना गरिएको क्लबका अध्यक्ष सुन्दरीकुमार पन्तले बताए । नेपाल रेडक्रस सोसाइटी सुर्खेत शाखाले प्राविधिक सहयोगमा रक्तदान कार्यक्रम गरिएको हो । बृहत रक्तदान कार्यक्रममा मधुमेह तथा रक्तचाप जाँच र कोभिड १९ सचेतना समेत गरिएको थियोे ।