२६ माघ २०८१, शनिबार
wait Please...

KChhaKhabar

बिहिबार, साउन २१, २०७८

बारा – अतिरिक्त भाडा लिई ठगी गर्ने सवारी सञ्चालक र चालकबाट ३ लाख ११ हजार ५ सय ९१ रुपैया फिर्ता गराइएको छ।

यो रकम कुल १ सय ३५ वटा सवारीले ठगेको रकम मात्र भएको प्रदेश २ ट्राफिक प्रहरी कार्यालय पथलैयाका प्रहरी नायब उपनिरीक्षक सन्तु जयसवालले बताए। यात्रुवाहक सवारीले ठग्दै गरेको भन्ने सूचना पाएको ट्राफिकले छड्के चेकजाँच गर्दा वास्तविकता उजागर भएको हो।

कोरोना कहरमा पिल्सिएका सर्वसाधारणलाई यात्रुवाहक सवारी संचालक र चालकले लुटिरहेको सर्वसाधारणले गुनासो गर्दै आएका थिए।‘प्रदेश २ ट्राफिक प्रहरी कार्यालय पथलैयाअन्तर्गत ट्राफिक प्रहरीले गरेको छड्के चेकजाँच क्रममा १ हजार ३ सय ७ जना प्रत्यक्ष ठगिएको पुष्टि भयो’, ट्राफिक प्रहरी कार्यालय पथलैयाका प्रवक्तासमेत रहेका प्रहरी नायव उपरीक्षक जयसवालले बताए।प्रत्यक्ष ठगिनु लुटिनुसरह भएको सर्वसाधारण बताउँछन्।उक्त सर्वसाधारण चालु आर्थिक वर्षको साउन १ गतेदेखि १४ गते अर्थात् १४ दिनमा नै निर्धारित भाडा दरभन्दा बढी रकम असुलेर प्रत्यक्ष ठगिएको प्रदेश नम्बर २ ट्राफिक प्रहरी कार्यालय पथलैयाको तथ्यांकमा उल्लेख छ।

यत्रो संख्याका सर्वसाधारण १४ दिनमा अतिरिक्त भाडा दिन बाध्य हुनु लुटिनुसरह भएको वीरगन्जमा रहेका उदयपुर घुर्मीका शम्भु प्रसाद यादव बताउँछन्।कोरोनाका कारण काम व्यवहारमा अवरोध भई काम विशेषले हिँड्नैपर्ने सर्वसाधारणसँग यात्रुवाहक सवारीले मौकाको चौका हान्नु राम्रो कदम नभएको उनको भनाइ छ।‘बस, सुमो, हाइस र अटो गरी कुल १ सय ३५ वटा सवारीमा हिँडिरहेका १ हजार ३ सय सात जना यात्रुसँग मात्र सवारीले कुल ३ लाख ११ हजार ५ सय ९१ रुपैयाँ बढी असुलेको भेटिनु सकारात्मक नभएको ट्राफिक प्रहरी कार्यालय पथलैयाको पनि तर्क छ।छड्के चेकजाँचका क्रममा ठगिएका यात्रुको भाडा त फिर्ता गराइयो। तर हरेक दिन धेरै सर्वसाधारण यात्रु ठगिँदै आएको भने पुष्टि भएको ट्राफिक प्रहरीले जनाएको छ।

अतिरिक्त भाडा असुल्ने १ सय ३५ सवारीमध्ये ५२ वटा बस, २४ वटा सुमो, ५६ वटा हाइस र ३ वटा अटो छन्। नियमविपरीत सर्वसाधारण यात्रुसँग अतिरिक्त भाडा असुल्ने ती सवारी साधनलाई आवश्यक कारबाही गर्दा नेपाल सरकारको राजश्वमा पनि कुल २ लाख १४ हजार ५ सय रकम थपिएको जयसवालले बताए।भारतीय नम्बरका बिआर २२ जिबी १८६१, बीआर ०६ जिडी ८००८ र बीआर ०६ जिए १३२६ का मालवाहक सवारीले अनलाइन बिलमा तौल कम गरेको फेला परेपछि नियन्त्रणमा लिई राजश्व कार्यालय पथलैया बारामा बुझाइएकोम छ।

ती मालवाहक सवारीलाई पनि राजश्व कार्यालयले कार्वाहीस्वरुप १ लाखका दरले धरौटी लिएर छोडिएको पनि ट्राफिक प्रहरी कार्यालय पथलैयाले जनाएको छ। ती मालवाहक सवारीले भने वीरगन्जको आइसिपी र मनोकामना ट्रान्सपोर्टको अनलाई बिलमा तौल कम गरी राजश्व ठगेको भेटिएको जयसवालले बताए।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]