३० माघ २०८१, बुधबार
wait Please...

KChhaKhabar

सोमबार, साउन १८, २०७८

काठमाडौं – निषेधाज्ञा खुलेपछि उपत्यकामा बढ्दो कोरोना संक्रमणसँगै अस्पतालमा भर्ना हुने बिरामीको संख्या बढ्दै गएको अस्पतालहरूले जनाएका छन्।

त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगन्जका अनुसार केही दिनयता दैनिक २० देखि २५ जना कोरोना संक्रमित बिरामी लक्षणसहित भर्ना हुन आएका छन्। अस्पतालमा आइतबार भर्ना भएका बिरामीको संख्या १ सय २६ पुगिसकेको छ। अस्पतालमा कोभिड वार्डको बिरामी भर्ना क्षमता १ सय ४५ मात्र छ। बिरामी बढेै जान थालेपछि अस्पतालले कोभिड वार्डमा भर्ना थप गर्दै जाने तयारी गरिरहेको कोभिड १९ उपचार संयोजक तथा उपनिर्देशक डा सन्तकुमार दासले बताए। एक महिनाअघि भर्ना हुनेको संख्या घटेपछि अस्पतालले कोभिड बाहेकका बिरामीको उपचारमा पनि प्राथमिकता बढाउँदै गएको थियो।पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आइतबार २ सय ११ जना कोभिड संक्रमित भर्ना भएका छन्। तीमध्येमा २५ जना आइसियुमा र १ सय ८० जना हाइडिपेन्डेन्सी वार्डमा भर्ना भएका हुन्। दुई सातादेखि भर्ना हुन सुरु भएका बिरामी केही दिनदेखि दैनिक २५ देखि ३५ जनाको दरले भर्ना भइरहेको अस्पतालका निर्देशक डा रवी शाक्यले जानकारी दिए। उनी भन्छन्, ‘निषेधाज्ञा खुकुलो भएपछि संक्रमण बढेको हो।’

वीर अस्पतालमा ५ सय क्षमताको कोभिड अस्पताल रहेकोमा आइतबारसम्ममा ९२ जना संक्रमित भर्ना भइसकेका छन्। तीमध्येमा ७० जना आइसियुमा छन्। अस्पतालको आइसियु क्षमता १ सय शैड्ढया हो। यो अस्पतालमा दैनिक १०÷१२ जनाको दरले भर्ना हुने गरेका छन् ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]