२८ माघ २०८१, सोमबार
wait Please...

KChhaKhabar

शनिबार, साउन १६, २०७८

नेकपा माओवादी विप्लव समूहले अझै पनि आफ्ना कार्यक्रम गोप्य ठाउँमा गर्दै आएको छ । उसले खोटाङ्ग जिल्ला कमिटीको बैठक जिल्लाको अनकण्टार ठाउँ निर्मली डाँडामा बोलाएको छ । बैठक गोप्य रुपमा आयोजना गरिएको बताइन्छ ।

विप्लव माओवादीको जिल्ला कमिटी बैठक दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका ९, निर्मलीडाँडामा बसेको हो । हिजो दिउँसो बसेको बैठक साँझ सकिएको बताइन्छ । ५ घण्टा लामो बैठकमा सगरमाथा इञ्चार्ज चन्द्रबहादुर बुढाथोकी (शैलेस), जिल्ला इञ्चार्ज जीवन राई,जिल्ला सेक्रेटरी सञ्जिव मगर, जगवीर राई (जनपरिषद् प्रमुख तथा खोटाङ आथिक विभाग प्रमुख) चक्रबहादुर खत्री (सुदिप शर्मा),रविन राई (क्षेत्र नम्बर २ कमिटी सदस्य) खगेन्द्र राई (जिल्ला कमिटी सदस्य खोटाङ विद्यार्थी संघ इञ्चार्ज) लगायत डेढ दर्जनभन्दा बढी जिल्लास्तरीय नेता तथा कार्यकर्ताको सहभागिता थियो ।

बैठकले पारित गरेको निर्णय भने हालसम्म सार्वजनिक नगरी गोप्य राखिएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]