२६ माघ २०८१, शनिबार
wait Please...

KChhaKhabar

शुक्रबार, साउन १५, २०७८

दार्चुला – व्यास गाउँपालिका–२ स्थित मालघाटमा तुइनबाट खसेर एक जना महाकाली नदीमा बेपत्ता भएका छन् । सोही ठाउँका ३५ वर्षीय जयसिंह धामी शुक्रबार बिहान ८ बजेतिर महाकालीमा खसेको प्रहरीले जनाएको छ ।

स्थानीयका अनुसार गाउँबाट दार्चुला सदरमुकाम खलंगा आउन महाकालीको तुइन तरेर भारत पुगेका थिए । त्यहाँ भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले धम्क्याएर तुइन खोल्न लगाउँदा त्यसैको तारले तानेर उनी महाकालीमा खसेको प्रत्यक्षदर्शीले बताएका छन् । जिल्ला प्रहरी कार्यालय दार्चुलाका अनुसार तुइन तरेर व्यासका केही मानिस भारतीय बजार गएका थिए । प्रहरी घटनास्थलमा पुगेको र थप विवरण आउन बाँकी रहेको दार्चुला प्रहरीका सूचना अधिकारी नरेन्द्रबहादुर चन्दले बताए ।

अहिले दुम्लिङ र सुन्सेरा प्रहरी चौकीको टोली तथा स्थानीय बासिन्दा मिलेर बेपत्ता धामीको खोजी गरिरहेका छन् ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]