धनुषामा तीनजना बालिकालाई यौन दुव्र्यबहार गरेको आरोपमा एक वृद्ध पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा धनुषाको मिथिला नगरपालिका १० माझी टोलका ७७ बर्षीय थानाप्रसाद भट्टराई रहेका छन् ।तीन बालिकालाई यौन दुव्र्यबहार गरेको आरोपमा भट्टराईलाई बिहीबार पक्रपाउ गरेको इलाका प्रहरी कार्यालय ढल्केबरले जनाएको छ ।बिहिबार पक्राउ परेका आरोपित भट्टराइलाई इलाका प्रहरी कार्यालय ढल्केवरमा राखिएको छ ।
यौन दुव्र्यहारमा परेका बालिकाहरुको उमेर ७ देखि १० बर्ष रहेको छ । पक्राउ परेका भट्टराईमाथि अनुसन्धान प्रक्रिया अघि बढाएको प्रहरी निरीक्षक प्रदिप सुवेदीले बताए । आरोपित भट्टराइले संवेदनशील अङ्गहरु चलाएर यौन दुव्र्यवहार गरेको स्थानीयको आरोप छ ।