विगत तीन महिनादेखिको तलब नपाएपछि नेपालगञ्ज मेडिकल कलेजका स्वास्थ्यकर्मी तथा कर्मचारी आन्दोलनमा उत्रिएका छन्।बैशाखदेखि तलब नपाएका कारण अस्पतालका कर्मचारीहरुले प्रशासन, फाइनान्स र एमडी डिपार्टमेन्ट बन्द गरेका छन्।
‘हामीले कोरोना संक्रमणमा पनि फ्रन्टलाइनमा बसेर काम गरेका छौं। तर, तीन महिनादेखि तलब तथा कुनै पनि सेवा सुविधा पाएका छैनौं,’ अस्पतालकी स्टाफ नर्स अनिता थापाले भनिन्।अस्पतालमा झण्डै १४ सय कर्मचारी कार्यरत छन्। तर, कोरोनाको कारण देखाउँदै अस्पताल प्रशासनले तलब दिन ढिलासुस्ती गरेको उनले बताइन्।कर्मचारीले ६ दिनदेखि आन्दोलन गरिरहेका छन्।‘हालसम्म हामीले कुनै पनि उपचार तथा सेवाहरु बन्द गरेका छैनौं। अब भोलिबाट ओपिडी बन्द गर्ने निर्णय गरेका छौं,’ उनले भनिन्।
मासिक तलब नपाउँदा काम गरेर खाने सबैलाई मर्का परेको थापाले बताइन्। ‘हाम्रो अरु कुनै माग छैन। काम गरेवापत ज्याला पाउनुपर्छ भन्ने माग मात्र हो।’