३० माघ २०८१, बुधबार
wait Please...

KChhaKhabar

सोमबार, साउन ०४, २०७८

सल्यान – बाग्चौर नगरपालिका–११ पानीचौरस्थित वडा कार्यालय पहिरोको जोखिममा परेको छ । अविरल वर्षाका कारण माटोसँगै तारजाली बगाउँदा वडा कार्यालय जोखिममा परेको हो ।

पहिरोको जोखिममा परेपछि कार्यालयको कामकाजका लागि आएका मानिसहरू छेउतिर बस्न डराउने गरेका छन् । पहिरोले भवनको करिब ५ मिटर टाढाको छेउमा थुपारेको माटो र लगाएको तारजाली बगाएको वडाध्यक्ष मोहन खड्काले बताए । उनका अनुसार स्थानीय एक व्यक्तिले वडा कार्यालय भवननजिकैको जग्गामा डोजर लगाएपछि कार्यालय जोखिममा परेको हो ।

गत वर्ष करिब २७ लाख रुपैयाँको बजेटबाट चारकोठे भवन निर्माण गरिएको थियो । ‘भवन जोखिममा परेपछि सेवाग्राही पनि कामका लागि आउन छाडेका छन्,’ उनले भने, ‘ठूलो वर्षा भए भवन पहिरोले पुर्ने जोखिम छ ।’ उनका अनुसार बाफुखोलाका अधिकांश बस्ती जथाभावी सडक खन्दा पहिरोको जोखिममा छन् ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]