२५ माघ २०८१, शुक्रबार
wait Please...

KChhaKhabar

सोमबार, साउन ०४, २०७८

सर्लाही – सर्लाहीको वाग्मती नगरपालिका–१२ स्थित नवनिर्मित तालमा बेपत्ता भएका युवकको शव २६ घण्टापछि फेला परेको छ । हिलोमा गाडिएको अवस्थामा शव फेला परेको प्रहरीले जनाएको छ ।

शनिबार तालमा माछा मार्न गएका वाग्मती–१ का १८ वर्षीय सुशान्त थापा अपराह्न ४ बजेदेखि बेपत्ता भएका थिए । बेपत्ता युवक पत्ता लगाउन बाहिरबाट गोताखोरको टोलीसमेत बोलाइएको थियो । टोली नआइपुग्दै कम्प्रेसर मेशिनको सहयोगले युवकको शव फेला पारिएको जिल्लाका प्रहरी उपरीक्षक संतोष सिंह राठौरले जानकारी दिए । ‘निरन्तरको प्रयासमा पनि बेपत्ता युवकको खोजी गर्न समस्या भइरहेको थियो, हिलोमा खोज्ने सुरक्षाकर्मीलाई हम्मेहम्मे नै पर्‍यो,’ उनले भने । युवकको शव पोस्टमार्टम गरी आफन्तलाई जिम्मा लगाइने प्रहरी उपरीक्षक राठौरले बताए ।

युवकका दाजु हस्तबहादुरले ताल सुरक्षित नरहेकै कारण भाइ बेपत्ता भएको आरोप लगाए । अव्यवस्थित ताल भएका कारण यसको क्षतिपूर्ति नगरले बेहोर्नुपर्ने उनको माग छ । ‘ठूलो र गहिरो ताल सुरक्षित हुन जरुरी छ, सुरक्षित नभएकै कारणले यस्तो घटना भयो । भोलिका दिनमा यस्ता घटना नदोहोरिएला भन्न सकिन्न,’ उनले भने, ‘भाइको उद्धारका लागि तत्काल प्रयास पनि हुन सकेन, प्रयास गरेको भए यो घटना हुने थिएन ।’ छोराको खबरले बुबाआमा घरमै अर्धचेत अवस्थामा छन् । वाग्मती नगरपालिका–१ मिलन चोकका गोपालसिंह थापा र टीकाका कान्छा छोरा सुशान्त एसईई दिने तयारीमा थिए ।

नगरपालिकाले पर्यटक भित्र्याउने उद्देश्यले १ सय २१ बिघामा गहिरो ताल खनेको छ । निर्माणाधीन ताल रहेकाले यसको सुरक्षाको प्रबन्ध मिलाउन नसकिएको नगरले जनाएको छ । वैशाखमै ताल खन्ने काम सकिएपछि वाग्मती नदीको पानी हालिएको थियो । झन्डै डेढ महिना पानी हाले पनि एक दिन मुहान थुन्दा रातभरिमै सुकेको थियो । दोस्रोपटक बाढीको समयमा लेदो माटोसहितको पानी पसाउने योजनाअनुरूप तालमा पानी हाले पनि फेरि अधिकांश भाग सुकेको छ ।नवनिर्मित तालमा अहिले आन्तरिक पर्यटक घुमफिरका लागि पुगिरहेका छन् । पानी कम भएसँगै स्थानीय माछा मार्न पनि आइरहेका छन् । तर अव्यवस्थित तालका कारण यसको तल्लो बस्ती जोखिममा छ ।

झन्डै दुई साताअघि वर्षाले तालको पानी निस्केर सागरनाथ वनको जग्गा कटान गरेको थियो । निकास नभएर बाटो र पुल पनि बगाएको थियो । स्थानीयको विरोधपछि नगरपालिकाले बाटोको मर्मत गरेको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]