जनकपुरधाम – भारतको जयनगर- जनकपुर-कुर्था रेल्वे ट्रयाकको स्पिड परीक्षण र सर्टिफिकेसन गर्न भारतबाट रेल ल्याइएको छ ।
जनकपुर हुंदै अहिले रेल कुर्था पुगेको हो । रेलमा नेपाल र भारतका अधिकारीहरु सहभागी छन् । निर्माणाधिन अबस्थामा रहेको रेल्वे ट्रयाकको स्पिड परीक्षण कुर्थाबाट सुरु हुने रेल्वे विभागका इन्जिनियर बिनोद ओझाले जानकारी दिए । जयनगरदेखि कुर्थासम्मको दुरी ३४ किलोमिटर रहेको छ । रेल १२० किलोमिटर प्रतिघण्टा स्पिडमा कुदाएर ट्रयाकको गुणस्तर परीक्षण गरिने इन्जिनियर ओझाले बताए । उनले सरकारले खरिद गरेको रेल ट्रयाक परीक्षण गर्ने खालको नभएकाले अर्को रेल भारतबाट ल्याइएको बताए ।
सरकारले १० महिना अगाडी किनेर ल्याएको दुई सेट रेल ईनर्वा स्टेशनमा थन्काएर राखिएको छ ।