सिन्धुली – झन्डै २ सय ८२ रुपैयाँ जरिवाना तोकिएका फरार अभियुक्त ४ वर्षपछि पक्राउ परेका छन् ।
सिन्धुली जिल्ला अदालतले कमलामाई नगरपालिका–१३ का गिरिजा थापालाई २०७४ साउन १६ मा लेनदेनको मुद्दामा दोषी ठहर गर्दै २ सय ८१ रुपैयाँ ३३ पैसा जरिवाना तोकेको थियो । तर जरिवाना रकम नबुझाई लुकीछिपी बस्दै आएका उनलाई शुक्रबार आफ्नै घरबाट पक्राउ गरिएको सिन्धुली प्रहरी प्रवक्ता मनोजकुमार लामाले बताए । अदालतको लगत नं १०७९ अनुसार फरार देखिएकाले उनलाई पक्राउ गरी अदालतसमक्ष पेस गरिएको उनले बताए ।