२५ माघ २०८१, शुक्रबार
wait Please...

KChhaKhabar

शुक्रबार, साउन ०१, २०७८

नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लव पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष बाबुराम भट्टराईबीच कुराकानी भएको छ।

पार्टीका नेता धर्मेन्द्र बाँस्तोलासहित विप्लव भट्टराईको निवास टोखामा शुक्रबार बिहान पुगेका हुन्। उनीहरूबीच अहिले कुराकानी भइरहेको छ। भेटवार्तामा जसपा नेता हिसिला यमी पनि छन्।भट्टराईका प्रेस सल्लाहकार विश्वदीप पाण्डेका अनुसार समसामयिक राजनीतिक घटनाक्रमबारे कुराकानी भएको हो। निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीसँग गरेका सहमति प्रधानमन्त्री शेरबहादुर देउवाबाट पूरा गराउन विप्लवले विभिन्न नेतामार्फत् पहल थालेका छन्।

यसअघि विप्लवले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाललाई निवासमै पुगेर कुराकानी गरेका थिए। विप्लवका नेता तथा कार्यकर्ताहरू केही अझै जेलमै छन्।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]