३० माघ २०८१, बुधबार
wait Please...

KChhaKhabar

बुधबार, आषाढ ३०, २०७८

नेकपा एमालेका उपाध्यक्ष भीम रावलले पार्टीको विभाजन रोक्नका लागि प्रयास नगर्न केही राजनीतिक दलका नेताहरूबाट दबाब र धम्कीयुक्त फोन आएको बताएका छन् ।

बुधवार प्रेस विज्ञप्ति जारी गर्दै उपाध्यक्ष रावलले एमाले कतै विभाजनबाट रोकिने भयले कतिपयलाई देखिने र बुझिने गरी रिगटा लागिरहेको बताएका छन् ।पार्टी अध्यक्ष तथा निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीसँग बालुवाटारमा भएको भेटमा आफूलाई कार्यबाहक अध्यक्ष बनाउने विषयमा कुनै कुरा नभएको रावलले स्पष्ट पारेका छन् ।

विभिन्न अनलाइन सञ्चारमाध्यममा प्रकाशित समाचारप्रति रावलले आपत्ति जनाएका छन् । ‘पद र प्रतिष्ठाको लागि बाह्य शक्तिका सामु घुँडा टेक्दै देशलाई संकटतर्फ धकेल्नेहरूले नै मेरोविरुद्ध झूटा प्रचार घृणित तहमा झरेर गरेका हुन्,’ विज्ञप्तिमा उल्लेख छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]