२५ माघ २०८१, शुक्रबार
wait Please...

शुभ नारायण यादव

आइतबार, आषाढ २७, २०७८

सप्तरी – सप्तरीको महादेवा गाउँपालिका वडा नम्बर १ पकरीमा चन्द्र नहरमा हाल्नु पर्ने ग्राभेल टोलको बाटोमा हाल्नु पर्ने टोलवासीको अवरोधको कारण काम रोकिएको छ ।

 

गाउँपालिकाको बजेटले चन्द्र नहरको डिलमा हाल्न पर्ने गा्रभेल टोलमा हाल्न खोजेपछि स्थानीय टोलवासी र उपभोक्ता समितिका पदाधिकारीबीच विवाद भए पछि काम रोकिएको छ । स्थानीय टोलवासी र उपभोक्ता समितिका पदाधिकारीबीच झडप हुने स्थिति देखापरेपछि काम नै रोकाइएको सप्तरी प्रहरीका प्रमुख एसपी राजेन्द्र प्रसाद धमलाले जानकारी दिनु भयो ।उपभोक्ता समितिले चन्द्र नहरको डिलमा ग्राभेल ओछ्याउन खोज्दा स्थानीय टोलवासीले टोलमा हाल्नुपर्ने बताउँदै काम रोक्न पुगेका थिए । स्थानीयले काम रोक्न जाँदा उपभोक्ता समितिका पदाधिकारीबीच सामान्य हात हालाहालको स्थिति भएलगत्तै पुगेको प्रहरी टोलीले घटना साम्य बनाएको एसपी धमलाले बताउनु भयो । उपभोक्ता समितिका पदाधिकारी र स्थानीय टोलवासी बीच सहमति नभएसम्मका लागि काम समेत रोकाइएको उहाँले बताउनु भयो ।

महादेवा गाउँपालिकाको अधयक्ष दिपक कुमार यादवका अनुसार गाउँपालिकाको बजेटले चन्द्र नहरको डिलमा हाल्न पर्ने गा्रभेल आव ०७७÷७८को वजेटमा चन्द्र नहरको डिलमा ग्राभेल ओछ्याउन काम भएकोले सोही अनुसार उपभोक्ता समितिले काम गरेको सञ्चारकर्मी जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]