पाल्पा – पाल्पाको तिनाउ गाउँपालिका चरचरेस्थित सिद्धार्थ राजमार्गमा टिपर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा पूर्वखोला गाउँपालिका बिरकोटका २६ वर्षीय सुदिप गैरे रहेका छन् । दुर्घटनामा चुन ढुङ्गा लोड गरी पाल्पाबाट बुटवलतर्फ जाँदै गरेको लु २ ख ८२० नम्बरको टिपर सिद्धार्थ राजमार्गमा आज बिहान दुर्घटना भएको हो ।
टिपर सडकदेखि ३ सय मिटर तल खोलामा खस्न पुग्दा गैरे घाइते हुनुभएको थियो । घाइते उनलाई उपचारका लागि लुम्बिनी मेडिकल कलेज प्रभास लगिएकोमा डाक्टरले मृत घोषणा गरेका हुन् । घटनाको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।