फाईल फोटो
झापा – झापाको गौरादह नगरपालिकामा एक बालकको पैनीमा डुबेर मृत्यु भएको छ । गौरादह- ४ स्थित मैदानघुपाका गोपाल भट्टराईका २ वर्षीय छोरा संयोग भट्टराईको पैनीमा डुबेर मृत्यु हो ।
शनिवार (हिजो) बेलुका साढे ६ बजे घर अगाडी पैनीमा खेल्ने क्रममा अचानक ढुबेका उनी घाइते भएपछि उपचारको लागि गौरादह स्थित ममता मेडिकलमा पुर्याइएकाे थियाे। उनकाे उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।
घटनाको जानकारी पाए लगत्तै ईलाका प्रहरी कार्यालय दमककाे टोली खटिएकाे थियाे। घट्नाबारे थप अनुसन्धान भइरहेकाे प्रहरीले जनाएकाे छ।