रुकुम पश्चिम – जिल्लामा असार १७ गतेसम्मका लागि निषेधाज्ञा थपिएको छ । पछिल्लो पटक जेठ ३१ गते थप गरिएको निषेधाज्ञाको समय बिहीबार सकिएको छ । रुकुममा ५३ दिनदेखि निषेधाज्ञा जारी छ ।
पहिलोपटक वैशाख १९ गतेबाट सुरु भएको निषेधाज्ञा योसहित छैटौं पटक थप भइसकेको छ । अब भने निषेधाज्ञालाई केही खुकुलो पारिएको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र डीसीसीएमसीका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैह्रेले बताए ।अब सुनचाँदी, भाँडा, फेन्सी, कपडा, कस्मेटिक, छापाखाना, स्टेसनरीलगायतका पसल खुला हुनेछन् । बिहान ११ देखि दिउँसो ३ बजेसम्म मात्र यी पसल सञ्चालन हुन पाउने छन् । खाद्यान्न तथा तरकारी पसलहरू भने यसअघि जस्तै बिहान ६ देखि १० बजेसम्म सञ्चालन हुन पाउने गैह्रेले बताए ।
त्यस्तै यसअघि जस्तै दिउँसो ३ देखि बुलकी ७ बजेसम्म विकास निर्माणजन्य सामग्री पाइने पसलहरू पनि सञ्चालनमा रहने छन् । चिया, खाजा पसल, होटेल, रेस्टुरेन्ट, ब्युटीपार्लर, सैलुन भने अझै पनि खुल्न नपाउने प्रमुख प्रशासनले जनाएको छ ।