२५ माघ २०८१, शुक्रबार
wait Please...

KChhaKhabar

आइतबार, आषाढ ०६, २०७८

लुम्बिनी प्रदेशका चार मन्त्रीलाई जनता समाजवादी पार्टी (उप्रेन्द्र यादव) पक्षले सांसद पद निलम्बन गर्ने गरी कारबाही प्रक्रिया अघि बढाएको छ ।प्रदेश सरकाको नीति तथा कार्यक्रमको विपक्षमा मतदान गर्न ह्वीप जारी गरे पनि चार मन्त्रीले पक्षमै मतदान गरेको भन्दै दोस्रोपटक सांसद पद निलम्बन गर्न केन्द्रीय कमिटीलाई प्रदेशले सिफारिस गरेको हो ।

यसअघि, वैशाख १९ गते मुख्यमन्त्री शंकर पोखरेल सरकारमामन्त्रीभएको भन्दै जसपाले चार मन्त्रीको सांसद पद निलम्बन गरेको थियो । निलम्बनमा परेका चार मन्त्रीको जेठ ३ गते सर्वोच्चको अल्पकालीन आदेशले सांसद पद जोगाइदिएको छ । जेठ ३० गते नीति तथा कार्यक्रमको विपक्षमा मतदान गर्न संसदीय दलको ह्वीप उल्लघन गरेकाले फेरी कारवाहीका लागि सिफारिश गरेको जसपा लुम्बिनी प्रदेश संसदीय दलका नेता सहसराम यादवले बताउनुभयो ।जसपाका सन्तोष कुमार पाण्डे, विजयबहादुर यादव, कल्पना पाण्डे र सुमन शर्मा रायमाझीलाई सांसद पदबाट निलम्बन गर्न जसपा (यादव) पक्षले सिफारिस गरेको हो । केन्द्रीय कार्यकारिणी बैठको बहुमतले मन्त्री भएका चार जनालाई स्पष्टिकरणको पत्र पठाइसकेको जसपा लुम्बिनी प्रदेश अध्यक्ष अशोक यादवले बताउनुभयो । चार सांसदलाई फेरी कारवाही गर्ने प्रक्रिया थालेपछि मुख्यमन्त्री शंकर पोखरेललाई समेत थप चिन्ता बढाएको छ ।

एमाले एकता कायम गर्ने अभियान शुरू
प्रतिनिधिसभा विघटनपछि विभाजित भएको एमालेलाई बचाउन आग्रह गर्दै लुम्बिनीबाट एकता अभियानको थालनी भएको छ । युवा बुद्धिजीवी मञ्च बुटवलले एमाले विभाजनको संघारमा पुगेको भन्दै त्यसले कसैलाई हित नगर्ने भन्दै एकता अभियानको थालनी गरेको हो ।

एमालेभित्र गुटबन्दीले पार्टी विभाजनको संघारमा पुगेकाले विभाजन रोक्न शीर्ष नेताहरुलाई दबाब दिन अभियान शुरू गरिएको युवा बुद्धिजीवी मञ्चले जनाएको छ ।नेकपा एमालेका अध्यक्ष एंव प्रधानमन्त्री केपीशर्मा ओली र वरिष्ठ नेतामाधवकुमार नेपाल पक्षमा विभाजित नेताहरू बीच संवाद गरी भएका कमजोरी सच्चाएर एकताबद्ध हुन अपिलसमेत गरिएको छ । मञ्चले शनिबार बुटवलमा ‘एकताबद्ध एकताबद्ध एमाले र सुदृढ संगठनका लागि अन्तरसंवाद’ कार्यक्रम गरी कार्यकर्ता एकताकै पक्षमा रहेको बताएका हुन् ।

कार्यक्रममा एमालेका पुराना नेता तथा पूर्व सांसद देवेन्द्रराज घिमिरेले जनाधार र नेताको पुच्छर समाएर नेता हुन खोजेकाहरूले एमालेलाई फुटाउन खोजेको बताउनुभयो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]