३० माघ २०८१, बुधबार
wait Please...
आज २७ जिल्लामा बाढीको उच्च जोखिम थप सामग्री

मनसुन नेपाल प्रवेशसँगै लगातार भइरहेको वर्षाका कारण केही नदीमा पानीको सतह बढ्दै गएको छ। जसले गर्दा २७ जिल्लामा बाढीको उच्च जोखिम रहेको जल तथा मौसम विज्ञान विभागले जनाएकाे छ।(फाईल फोटो )

KChhaKhabar

शनिबार, आषाढ ०५, २०७८

जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाका अनुसार, केही नदी तथा खोलामा आकस्मिक बहाव बढ्नसक्ने देखिएको छ। केही नदीमा भने बिहानैबाट पानीको बहाव बढेको छ।

चिनियाँ क्षेत्रमा अत्यधिक वर्षा र पहिरोको कारण नदीको बहाव छेकिएको छ। नदीको बहाव खुल्दा तामाकोशी नदीमा बाढी आउनसक्ने जनाइएको छ। जिल्ला प्रशासन कार्यालय, दोलखाले सूचना जारी गरी सतर्कता अपनाउन अनुरोध गरेको छ।त्यस्तै, महाकाली र त्यसका आसपासका सहायक नदीमा पानीको बहाव सतर्कता तहसम्म पुगेको महाशाखाले जनाएको छ। कोशी, नारायणी, कर्णाली र सहायक नदीमा पनि पानीको सतह बढ्दै गएको छ।

महाशाखाका अनुसार कोशी, कर्णाली र महाकाली तथा सहायक नदीमा बाढीको उच्च जोखिम रहेको छ। त्यस्तै, पश्चिम राप्ती र बबईमा पनि बाढीको उच्च जोखिम रहेको महाशाखाले जनाएको छ।आगामी २४ घण्टाको प्रक्षेपण गर्दै महाशाखाले जारी गरेको बाढी पूर्वानुमान बुलेटिनमा २७ जिल्लामा उच्च जोखिम रहेको जनाएको छ। जसमा बागमतीका दोलखा, रामेछाप, रसुवा, सिन्धुपाल्चोक, गण्डकी प्रदेशका गोरखा, मनाङ, पर्वत, बागलुङ, म्याग्दी र नवलपुर रहेका छन्।त्यस्तै, लुम्बिनी प्रदेशका नवलपरासी पश्चिम, रुपन्देही, कपिलवस्तु, अर्घाखाँची, दाङ, बाँके, बर्दिया र पाल्पामा बाढीको उच्च जोखिम रहेको छ। कर्णाली प्रदेशका दैलेख, जाजरकोट, कालिकोट, जुम्ला तथा सुदूरपश्चिम प्रदेशका कञ्चनपुर, कैलाली, बाजुरा, बझाङ र दार्चुलामा बाढीको उच्च जोखिम रहेको महाशाखाले जनाएको छ।

अन्य केही जिल्लामा पनि बाढीको जोखिम रहेको छ। महाशाखाले सतर्कता अपनाउन आग्रह गरेको छ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]