३० मंसिर २०८२, सोमबार
wait Please...

KChhaKhabar

शुक्रबार, आषाढ ०४, २०७८

काठमाडौं – कांग्रेस सभापति शेरबहादुर देउवाले महाधिवेशन हुँदैन कि भनेर शंका नगर्न र आरोप– प्रत्यारोप बन्द गर्न आग्रह गरेका छन् ।

बिहीबारको केन्द्रीय समिति बैठकको सुरुवातमै भूमिका बाँधेर देउवाले यस्तो भनाइ राखेका थिए ।उनले महाधिवेशन नगर्ने सबै विकल्प सकिएको बताउँदै महाधिवेशन सम्पन्न गर्ने एकमात्रै विकल्प बाँकी भएको बताएका थिए ।केन्द्रीय सदस्य मीन विश्वकर्माका अनुसार देउवाले महाधिवेशन सार्न सक्ने सबै विकल्प सारिसकिएको बताउँदै अब जसरी पनि महाधिवेशन गर्ने बताएका थिए ।“अब महाधिवेशन सार्नसक्ने सबै विकल्प सकिए, महाधिवेशन एकमात्र विकल्प बाँकी छ भनेर उहाँले भन्नुभयो,” देउवाको भनाइ उद्धृत गर्दै विश्वकर्माले भने,“संविधान संशोधन गरियो भनेमात्रै महाधिवेशन सार्न सकिन्छ त्यो सम्भावना अहिले छँदै छैन, त्यो पनि नियन्त्रणबाहिरको कुरा हो ।”सभापति देउवाले आफू महाधिवेशन नगराएको कलंक र अपराध बोक्न तयार नरहेको बताएका थिए ।

“महाधिवेशन नगराएको कलंक र अपराधको भारी बोक्न म तयार छैन,” देउवाले भनेका थिए, “महाधिवेशन गराउँदैन कि भनेर आशंका नगर्नुस् । महाधिवेशन हुन्छ हुन्छ हुन्छ, आरोप प्रत्यारोप पनि बन्द गर्नुस् ।”

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]