
डडेल्धुरा – लकडाउन प्रभावकारी रुपमा नभएको भन्दै जनगुनासो आएपछि जिल्ला प्रशासन कार्यालय डडेल्धुराले लकडाउनमा कडाई गरेको छ । लक डाउँन उलंघन गरेको भन्दै ४० सवारीसाधन नियन्त्रणमा समेत लिएको हो ।
अत्यावश्यकीय काममा वाहेक वजारमा घुम्नेहरुको सवारीसाधन नियन्त्रण लिई दिनभर राखेर पहिलो पटक सम्झाईवुझाई गरेर वेलुकी छोड्ने गरेको छ । सम्झाईवुझाइ नमाने लक डाउँन अवधि भरि अत्यावश्यकीय काम भन्दा बिनापास सवारीसाधन चलाउने लाई नियन्त्रण लिई नेमबमोजिम कार्यवाही गर्ने जिल्ला प्रसाशन कार्यलय डडेल्धुराले जनाएको हो प्रहरी प्रशासनका लागि नभई हामी सवैको लागि भएकाले लक डाउँनलाई प्रभावकारी वनाउँनका लागि सम्पुर्ण नागरिकले सहयोग गर्नु पर्ने जिल्ला प्रसाशन कार्यलय डडेल्धुराको भनाई छ ।
औषधी तथा स्वास्थ सामाग्रीका पसल बाहेक अन्य पसल हप्तामा ४ दिन आईतबार, मंगलबार, बिहिबार र सुक्रबार विहान ७ बजे देखि बिहान १० बजे सम्म खुल्ला गरिने छ ।डेल्धुरामा बैशाख १९ गते बाट जारी गरिएको लकडाउन पाचौै पटक थपिई जेठ ३१ गते सम्मका लागि जारी रहेको छ ।