२५ माघ २०८१, शुक्रबार
wait Please...

KChhaKhabar

बिहिबार, जेठ २०, २०७८

ढल्केवर – धनुषामा रोकिराखेको तेल ट्याङ्करमा मोटरसाइकल ठोक्किँदा एक जनाको ज्यान गएको छ ।

पूर्वपश्चिम राजमार्ग अन्तर्गत धनुषाको धनुषाधाम नगरपालिका-९ धारापानीमा रोकिराखेको तेल ट्याङ्करमा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने एकजना गम्भिर घाइते भएका छन् । बुधबार राति अन्दाजी ९ बजे पूर्वपश्चिम राजमार्ग अन्तर्गत जिल्लाको धनुषाधाम नगरपालिका वडा नम्बर ९ धारापानी आर्मी ब्यारेक अगाडि रोकिराखेको ना ४ ख ३४७४ नम्बरको तेल टंयाकरमा पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको ज ८ प ३४६३ नम्बरको मोटरसाइकल ठोक्किएको थियो । ठक्करबाट मोटरसाइकल चालक धनुषाधाम नगरपालिका वडा नम्बर ६ हरिपुरका १७ बर्षिय राजेशकुमार यादवको मृत्युभएको र सोही मोटरसाइकलमा पछाडि सवार सोही ठाउँ बस्ने बर्ष १८ को इन्द्रजीत सहनी गम्भीर घाइते भएको इलाका प्रहरी कार्यालय ढल्केवरले जनाएको छ ।

चालक यादवको उपचारको क्रममा प्रादेशिक अस्पताल जनकपुरमा मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते दुबैको धारापानीस्थित एक नीजि स्वास्थ्य उपचार केन्दमा्र उपचार सम्भव नभएपछि प्रादेशिक अस्पताल जनकपुर पठाइएको थियो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]