२६ माघ २०८१, शनिबार
wait Please...

KChhaKhabar

बुधबार, जेठ १९, २०७८

विराटनगर – कोभिड १९ विरुद्धको कोभिसिल्ड खोप लगाएकोमा प्रदेश सरकारको चर्को आलोचना गर्दै आएका नेपाली काँग्रेस प्रदेश १ का प्रमुख सचेतक केदार कार्कीले आफैले जिल्ला स्वास्थ्य कार्यालय मोरङ मार्फत खोप लगेको रहस्य सार्वजनिक भएको छ ।

विज्ञप्तिवाजी गर्ने ,चर्को आलोचना गर्ने र आफ्नो काम सोझ्याउन बानी परेका उनले यस पटक खोप लगेर आफ्नो दुनो सोझ्याएका हुन् । प्रदेश सरकार या स्थानीयतहका विषयमा समेत प्रश्न ठड्याउने उनका कर्तुतहरु बिस्तारै बाहिर आउन थालेको छ । चर्को चर्को भाषण गरेर विरोध गर्ने र काम लिने शैली उनका रहेको बताइन्छ । केहीदिन अघि विज्ञप्ति जारी गर्दै खोप वितरणका विषयमा प्रश्न उठाएका कार्कीले सोमबार अपरान्ह स्वास्थ्य कार्यालयमा आफ्ना एक जना कार्यकर्तालाई पठाएर तीन भायल खोप लगेको श्रोतको दाबी छ । सामाजिक विकास मन्त्री उषाकला राईसँग खोप मागेका उनले नपाए पछि बिज्ञप्तिवाजीका उत्रेका थिए ।

सामाजिक विकास मन्त्री उषाकला राई गृहजिल्ला खोटाङ गएको मौका छोपी कार्कीले खोप लगेका हुन । उनले सो खोप बुढीगंगा गाउँपालिकामा लगेर लगाएको बुझिएको छ । पहिलो डोज खोप लगाएर विभिन्न जिल्लामा मौज्दात रहेको खोप प्रदेश १ स्वास्थ्य आपुर्ती व्यवस्थापन केन्द्रमा जम्मा भएपछि सामाजिक विकास मन्त्रालयले फ्रन्टलाईनमा खटिने व्यक्तिहरुलाई संघ संस्थाको सिफारिसमा खोप लगाएको भनिएको छ । यद्यपी यस विषयमा कार्कीले खोप नलगेको जिकिर गरेका छन् ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]