
काठमाडौं – सत्तारूढ नेकपा एमालेको स्थायी कमिटी बैठक बस्दैछ। प्रधानमन्त्री निवास बालुवाटारमा आज ११ बजे बसिने बैठकमा पार्टीको आन्तरिक जीवन र सरकारले प्रस्तुत गरेको बजेटलगायत समसामायिक राजनीतिक विषयमा छलफल हुनेछ।
बैठकमा गत साता स्पष्टीकरण सोधिएका १२ नेतालाई कार्वाही गर्ने या नगर्ने भन्ने विषयमा समेत छलफल हुने बुझिएको छ।