२१ मंसिर २०८२, शनिबार
wait Please...

KChhaKhabar

सोमबार, जेठ १७, २०७८

बुटवल – लुम्बिनी प्रदेशको राष्ट्रिय सभा उपनिर्वाचनका लागि आइतबार मतदाता सूची सच्याएर अदालतमा मुद्दा विचाराधीन रहेका चार सांसदलाई मतदानको अधिकार दिएपछि निर्वाचन आयोगमा निवेदन परेको छ ।

विपक्षी गठबन्धनका उम्मेदवार दृगनारायण पाण्डे आयोगमा निवेदन दिएका हुन् । यता मुख्य निर्वाचन अधिकृत रीतेन्द्र थापाले भने आफुलाई रोक्न भन्ने आदेश नआउदा सम्म कसैको पनि मतदान नरोकिने बताए । उनले भने – ‘म आफ्नो तरिकाले चल्छु, मलाई अदालत वा निर्वाचन आयोगले रोक नभनेसम्म रोकिदैन । ‘प्रदेश निर्वाचन आयोगका सुचना अधिकारी गेहेन्द्र कुवरले ४ मन्त्रीलाई मतदान नगराउननिवेदन परेको जानकारी गराउदै अहिलेसम्म मन्त्रीहरुले मतदान नगरेको जनाए । अदालतमा मुद्दा विचाराधीन रहेका चार सांसदलाई लुम्बिनी प्रदेशको राष्ट्रिय सभा उपनिर्वाचनमा मतदान गर्न नदिन विपक्षी चार दलले माग गरेका छन् ।

मतदान हुनुभन्दा १६ घण्टा अगाडि निर्वाचन आयोगले पूरक मतदाताको रुपमा मताधिकारको अधिकार दिएपछि विपक्षी दलहरूले यो निर्णयले निर्वाचनको निष्पक्षतामा प्रश्न उठेको भन्दै निर्णय कार्यान्वयन नगर्न माग गरेका हुन् ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]