
सप्तरी : सरकारले ताप्लेजुङ्गको सुकेटार विमानस्थल र तेह्रथुममा बन्ने चुहानडाँडा विमानस्थलको नाम परिवर्तन गर्ने भएको छ ।
आर्थिक वर्ष २०७८/२०७९ को बजेट सार्वजनिक गर्दै अर्थमन्त्री विष्णु पौडेलले सुकेटारलाई स्व. रवीन्द्र अधिकारी विमानस्थल र चुहानडाँडालाई आङछिरिङ्ग शेर्पा विमानस्थल नामाकरण गर्ने बताए ।
तत्कालीन पर्यटनमन्त्री अधिकारी र यति समूहका संस्थापक शेर्पाको २०७५ फागुन १५ गते ताप्लेजुङको पाथिभरा मन्दिर छेउमा हेलिकोप्टर दुर्घटनामा निधन भएको थियो ।
आठराईको चुहानडाँडामा विमानस्थल निर्माण क्षेत्रको अवलोकन कार्यक्रमपछि पाथीभरा दर्शनका लागि गएका थिए । दर्शनपछि फर्कने क्रममा हेलिकोप्टर दुर्घटनामा परेको थियो ।
यस्तै सरकारले सुकेटार विमानस्थल धावनमार्ग विस्तारको काम आगामी आर्थिक वर्षमै सम्पन्न गर्नेसमेत अर्थमन्त्री पौडेलले बताए ।