२३ मंसिर २०८२, सोमबार
wait Please...

KChhaKhabar

शनिबार, जेठ १५, २०७८

काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारीले गणतन्त्रलाई जनताको विजय भएको पर्वका रूपमा मनाउन आग्रह गर्नु भएको छ ।

गणतन्त्र दिवसका अवसरमा शुभकामना सन्देश दिदै राष्ट्रपति भण्डारीले गणतन्त्र दिवसलाई पर्वकाे रूपमा मनाउन आग्रह गर्नु भएको हाे ।‘संवधिानद्वारा संरक्षित लोकतान्त्रिक तथा गणतान्त्रात्मक शासन व्यवस्था हाम्रो सामाजिक एंव राजनीतिक जीवन पद्धतिका रुपमा क्रमश संस्थागत हुदै गइरहेको छ’ शुभकामना सन्देशमा भनिएकाे छ ।गणतन्त्र दिवसले मुलुकको भौगोलिक अखण्डता, सार्वभौमिकता, स्वाधीनता र राष्ट्रिय एकतालाई अझ सुदृढ गर्दै न्यायमा आधारित आर्थिक समृद्धि हासिल गरी सभ्य, सु–संस्कृत तथा समुन्नत समाज निर्माणको बाटोमा अघि बढ्न हामी सबैमा उत्साह प्रदान गर्ने अपेक्षा गरेको राष्ट्रपति भण्डारीकाे शुभकामना सन्देशमा उल्लेख छ।

नेपालको संविधानले मौलिक हकका रूपमा जनताका आधारभूत अधिकारहरूलाई सुनिश्चित गरिसकेको सन्दर्भमा तिनको प्रभावकारी कार्यान्वयन गर्दै संविधानले परिकल्पना गरेको समाजवाद उन्मुख राष्ट्रिय अर्थतन्त्रको स्थापना गर्नका लागि यस दिवसले हामी सबैलाई थप उत्प्रेरणा प्रदान गर्नेछ भन्ने विश्वास लिएको राष्ट्रपति भण्डारीले बताउनु भयाे ।

त्यसैगरि उहाँले नेपाल सरकारले विभिन्न सहर एवं जिल्लामा जारी गरेको निषेधाज्ञाका नियम तथा जनस्वास्थ्यका मापदण्डहरू पालना गर्दै गणतन्त्र दिवस मनाउनुपर्ने सबै नेपालीमा आग्रह गर्नु भएकाे छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]