खेलाडी खरिद गर्दा अमेरीकी मेजर लिग सकरको नियम तोडेको भन्दै डेविड बेकह्यामको क्लव इन्टर मायामीलाई २० लाख अमेरीकी डलर जरिवाना लगाइएको छ ।
सन् २०२० मा युभेन्टसबाट ब्लेइस माटुइडीलाई क्लवमा भित्र्याउँदा इन्टर मायामीले एमएलएसको खेलाडी अनुबन्धको नियम तोडेको ठहर गरेको छ । इन्टर मायामीले उनलाई अनुबन्ध गर्दा नियम भन्दा बढि रकम तिरेको जुन लिगको आर्थिक नियमावली बाहिर रहेको भन्दै २० लाख डलर जरिवाना लगाइएको हो ।सन् २०१८ मा मात्र स्थापना भएको इन्टर मायामीले अघिल्लो सिजनमा पनि चार खेलाडीलाई क्लवमा ल्याउँदा यस्तै नियम उलंघन गरेको एमएलएसले बताएको छ ।
जसमा लियोनाद्रो पिरेज, निकोलस पिगाल र जुलियन कारान्जेलाई अनुबन्ध गर्दा कति तलव दिने भन्नेपनि नखुलाइएको बताइएको छ । यसका साथै इन्टर मायामीलाई एमएलएसले खेलाडीमा खर्च गर्ने कमको मात्रा पनि घटाएको छ । अब सन् २०२२ र २०२३ मा इन्टर मायामीले एक दशमलव ६ मिलियन पाउण्डमात्र खर्च गर्न पाउने भएको छ ।यसका साथै यसका म्यानेजिङ डाइरेक्टर जोर्ज मासर्ला पनि दुई लाख ५० हजार डलर फाइन लगाइएको छ । पूर्व चिफ एक्ज्युकेटिभ तथा स्पोर्टिङ डाइरेक्टरलाई पनि सन् २०२२ को सिजनको अन्तिमसम्म सस्पेन्ड गरेको छ ।
इंग्ल्याण्डका पूर्व कप्तान बेकह्यामको लगानी रहेको इन्टर मायामीले युरोपबाट खेलाडी अनुबन्ध गर्नका लागि मोटो रकम लगानी गरिरहेको छ ।