
अछाम – जिल्लाको मंगलसेनस्थित कृषि हाटबजारलाई एक हप्ताका लागि सिल गरिएको छ।
कोरोना भाईरसको संक्रमण तथा जोखिम उच्च बिन्दुमा पुगेका बेला हाटबजारका अधिकांश ब्यापारीलाई समेत कोरोना संक्रमण पुष्टि भएपछी मंगलसेन नगरपालिकाले एक हप्तासम्म पुर्ण रुपमा बन्द गर्ने निर्णय गरेको हो। जेठ ९ गते संकलन गरेको स्वाबमा १२ गते प्राप्त रिपोर्टमा अधिकांशलाई पुष्टि भएको र हाटबजार आवातजावात बढि हुने क्षेत्र भएकाले जेठ १३ गते देखि २० गतेसम्म सिल गरिएको नगरपालिकाका सुचना अधिकारी विष्णु प्रसाद जैसीले बताए ।