०३ चैत्र २०८२, मंगलबार
wait Please...

शुभ नारायण यादव

बिहिबार, जेठ १३, २०७८

सप्तरी – विगत सात दिनदेखि हराइरहेका सप्तरीको हनुमाननगर कंकालनी नगरपालिका- ११ सखुवाका एक बालक अझै भेटिएका छैनन् ।

रिसाएर घरबाट निस्किएका जयनारायण यादवका १३ वर्षीय छोरा रवि यादव ६ दिनदेखि बेपत्ता छन् । गोजीबाट पैसा निकालेपछि जयनारायणले छोरा रविलाई गाली गरेका थिए । त्यसपछि रिसाएर रवि शुक्रबार बिहान घरबाट निस्किएका थिए । ६ दिन भइसक्दासम्म पनि उनी भेटिएका छैनन् । शुक्रबार बिहान करिब ८ बजे घरबाट निस्केका रविको खोजी गर्दै जाँदा नजिकैको भगवानपुरबाट एक अधबैसे पुरुषले आफ्नो नाति भन्दै बिस्कुट किनिदिएर लगेको स्थानीयले बताएको परिवारले जानकारी दिएको छ ।

‘रविलाई घरमा नदेखेपछि खोजी गर्यौँ । तर, सुराक लागेन,’ बाबु जयनारायणले भने, ‘मामाघर वा अन्य कतै आफन्तकहाँ निस्केको पो हो कि भनेर धेरै खोज्यौँ, कतै पत्तो लागेन । भगवानपुरबाट एक जनाले आफ्नो नाति भन्दै लगेको जानकारी छ । तर, मेरो कुनै आफन्तसँग रवि छैन ।’ उनी मामाघर बभनगामाकट्टीका लागि हिँडेको र बाटोबाटै कसैले फकाएर चोरी गरेर लगेको हुनसक्ने बाबु जयनारायणको आशंका छ । पारिवारिक र जानसक्ने स्थानहरूमा सोधखोज गर्दा पनि फेला नपरेपछि परिवारले इलाका प्रहरी कार्यालय हनुमाननगरमा उजुरी गरेको छ ।

प्रहरीले पनि बालकको बारेमा केही पत्ता लगाउन सकेको छैन ।यता बेपता बालकाे खोजी कार्य भइरहे पनि कुनै सुराक पाउन नसकेको इप्रका हनुमाननगरका प्रहरी सहायक निरीक्षक सञ्जय न्यौपानेले बताएका छन ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]