
सप्तरी – गए राति सप्तरीको रुपनी गाउँपालिका वडा नम्बर ३ मा करेन्ट लगेर एक महिलाको मृत्यु भएको हो ।
आफ्नै घरमा जडान रहेको टि.भीको स्वीच अन गर्ने क्रममा करेन्ट लागि घाइते भएकी २४ बर्षीय अमृता देवी यादव को मृत्यु भएको हो ।रुपनी गाउँपालिका वडा नम्बर ३ हर्दिया टोल बस्ने सन्तोष यादवको श्रीमती अमृता घरमा जडान रहेको टि.भीको स्वीच अन गर्ने क्रममा करेन्ट लागि घाइते भएकी थिइन ।
घाइते यादव लाई उपचारको लागि नजिकै रहेको युनिक अस्पताल लादै गर्दा बाटोमै मृत्यु भएको थियो । घटना सम्बन्धि थप अनुसन्धान भई रहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी माधव प्रसाद काफ्ले ले जानकारी दिए ।