बुधबार सप्तरी जिल्लाभरिका सबै स्थानीय तहका शाखा/उप-शाखा र वडा कार्यालय बन्द
सप्तरी – बुधबार सप्तकोशी नगरपालिकाकी उपमेयर आशा चौधरीको शोकमा सप्तरीको सबै स्थानिय तह बन्द गरिने भएको छ ।
सप्तकोशी नगरपालिकाकी उपमेयर आशा चौधरीको निधनको शोकमा बुधबार जिल्लाभरिका सबै स्थानीय तहका शाखा/उप-शाखा र वडा कार्यालय समेत बन्द गरिने भएको हो ।
जिल्ला समन्वय समिति सप्तरीले निकालेको प्रेस विज्ञप्तिमा मृतक चौधरीलाई शरद्धाञ्जली व्यक्त गर्ने उनको शोकमा भोलि एकदिन जिल्लाका सबै स्थानीय तह र जिल्ला समन्वय समिति समेत बन्द रहने उल्लेख गरिएको छ।
प्रमुख प्रभाकर यादवले सबै स्थानीय तहको प्रमुखसँग सल्लाह गरी भोलि बुधवार शोकमा सेवा बन्द गर्ने निर्णय गरिएको के छ खबरलाई जानकारी गराए ।
कोरोना संक्रमित सप्तकोशी नगरपालिकाकी उपमेयर आशा चौधरीको उपचारका क्रममा मंगलबार बिहान
विराटनगरस्थित नोबेल अस्पतालमा मृत्यु भएको थियो ।