३० मंसिर २०८२, सोमबार
wait Please...

KChhaKhabar

शनिबार, जेठ ०१, २०७८
Sorry No Photo is selected hare


सप्तरी : कोरोना साक्रमणका कारण बाँकेमा एक जना पत्रकारको मृत्यु भएको छ। कोरोना संक्रमणका कारण अवधी पत्रकार संघ जिल्ला शाखा बाँकेका सहसचिव रईस शाहीको शनिबार मृत्यु भएको छ।

लामो समयदेखि सञ्चार संस्थामा आवद्ध रहेका शाहीको शनिबार कोहलपुर मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको हो। नेपालगञ्ज उपमहानगरपालिका वडा नं ७ निवासी ४४ वर्षीय शाहीलाई बैशाख १८ गते मेडिकल कलेजमा भर्ना गरिएको थियो।

नेपाल पत्रकार महासंघ बाँकेका साधारण सदस्य समेत रहेका शाहीको ९ वर्षीया छोरी र ४ वर्षको एक छोरा छन्। संघ बाँकेका शाखा र केन्द्रीय शाखाले शाहीको निधनप्रति श्रद्धाञ्‍जलि व्यक्त गरेको छ।

बाँकेका शाखा अध्यक्ष चन्द्रेश्वर त्रिपाठी र केन्द्रीय अध्यक्ष राकेश मिश्राले एक योद्धा गुमाएको साथै शाहको निधनको खबरले संघ स्तब्ध भएको विज्ञप्तिमार्फत जनाएका छन्‌।

जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्र बाँकेका कोरोना फोकल पर्सन तेज वलीका अनुसार शाहीको शनिबार बिहान ८ बजे मृत्यु भएको हो। लामो समयदेखि पत्रकारितामा आवद्ध रहँदै आएका शाही नेपालगञ्‍जबाट खबर नेपालगञ्‍ज डटकम अनलाईन सञ्‍चालन गर्दै आएका थिए।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]