
सुनसरी – विश्व भर फैलिएको कोरोना भाइरसको प्रसार क्रमभङ्ग गर्ने उपायको खोजीका क्रममा सुनसरीको प्रकाशपुरमा बिनाकाम हिँड्ने मानिसलाई दुई घण्टा घाममा उभ्याउन थालिएको छ ।
वातावरण तथा मानव संशाधन विकासका क्षेत्रमा काम गर्ने स्थानीय संस्था युचेप नेपालका अध्यक्ष रविन घिमिरेका अनुसार हिजो र आज गरी दुई दर्जनभन्दा बढी मानिसलाईं बीच बजारमा घाममा उभ्याइसकिएको छ, जुन क्रम जारी छ ।
वैशाख २३ गते बिहीबार बराहक्षेत्र नगरपालिका–१०, प्रकाशपुर बजारकी ३७ वर्षीया एक महिलामा कारोना सङ्क्रमण पुष्टि भएपछि स्थानीय वडा कार्यालय, प्रहरी, स्वास्थ्य संस्था र सरोकारवालाहरूको आकस्मिक बैठकले बजार क्षेत्र ‘सिल’ गर्ने निर्णय गरेको थियो ।
शुक्रबार बिहानदेखि अत्यावश्यक कामबाहेक सडकमा निस्किनेलाई स्थानीयसमेतको सहयोगमा भौतिक दुरी कायम गर्दै दुई घण्टा घाममा उभ्याउन थालिएको हो ।