२१ मंसिर २०८२, शनिबार
wait Please...

KChhaKhabar

शुक्रबार, बैशाख १७, २०७८

सप्तरी : विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा आज कोरोना संक्रमित विरामीको शल्यक्रिया गरिएको छ । मोटरसाइकल दुर्घटनामा परी घाइते भएकी सुनसरीको बर्जु गाउँपालिका–४ की ३८ बर्षीया कोरोना संक्रमित महिलाको शल्यक्रिया गरिएको हो ।

दुर्घटनामा परी गम्भीर घाइते भएकी महिलालाई अर्धचेत अवस्थामा नोबेल अस्पताल ल्याइएको थियो । उनको टाउकोमा चोट लाग्नुका साथै मस्तिष्कमा रगत जमेको थियो । पीसीआर परीक्षण गर्दा उनको रिपोर्ट पोजिटिभ आयो । तरपनि, अप्रेशन ढिलो हुँदा विरामीको ज्यान जानसक्ने खतरा बढेपछि नोबेल अस्पतालका बरिष्ठ न्यूरो सर्जन डा. प्रकाश काफ्ले नेतृत्वको चिकित्सकहरुको टोलीले संक्रमित महिलाको शल्यक्रिया गरेको हो । शल्यक्रिया ढिलो हुँदा विरामीको ज्यान जानसक्ने संभावना देखिएपछि जोखिम मोलेरै भएपनि शल्यक्रिया गरिएको बरिष्ठ न्यूरो सर्जन डा. काफ्लेले जानकारी दिए । ‘विरामीको ज्यान बचाउँनकै लागि हामी डाक्टर बनेका हौं, हाम्रा लागि विरामीको स्वास्थ्य ठूलो कुरा हो,’ डा. काफ्लेले भने, ‘अप्रेशन नगरेर विरामीको मृत्यु कुर्नु भन्दा जोखिम मोलेरै भएपनि अप्रेशन गरेका हौं ।’

अप्रेशन थ्रीएटरमा खटिएका चिकित्सकसहित स्वास्थ्यकर्मीहरुले उच्च सावधानी अपनाउँदै संक्रमितको अप्रेशन गरिएको हो । डाक्टरसहित अप्रेशन थ्रीएटरमा खटिने सबैलाई उच्च स्वास्थ्य सावधानी अपनाउन लगाएर अप्रेशन गर्ने वातावरण मिलाइएको नोबेल अस्पतालका सञ्चालक डा. सुनिल शर्माले बताए ।
अहिले उनको स्वास्थ्य सुधारोन्मुख रहेको नोबेल अस्पतालले जनाएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]