
सप्तरी – सप्तरीको सुरुङ्ग नगरपालिका – १ तेतरिया बस्ने एक युवकको करेन्ट लागेर मृत्यु भएको छ । १६ वर्षीय रामु सदाईको मोवाइल चार्ज गर्ने क्रममा करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
बुधबार दिउँसो घरमा मोवाइल चार्ज गर्ने क्रममा बायाँ हात को औलामा करेन्ट लगेर घाइते भएका थिए ।
घाइते भएका सदाईको उपचारका लागि लैजाने मृत्यु भएको इलाका प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
यता भन्ने मृतकको लास रा.उ. अस्पताल लहान ,सिरहा मा राखिएको छ भन्ने घटना को थप अनुसन्धान कार्य भैरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले बताएका छन ।