१९ फाल्गुण २०८२, मंगलबार
wait Please...

KChhaKhabar

सोमबार, बैशाख १३, २०७८

काठमाडौं – काठमाडौं उपत्यकामा वैशाख १६ गतेदेखि एकहप्ता निषेधाज्ञा जारी हुने भएको छ ।

आज बसेको काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारी (सिडियो)हरुको बैठकमा त्यसबारे छलफल भइरहेको छ ।त्यस्तै निषेधाज्ञा हुने पक्कापक्की भएपनि मोडालिटीका विषयमा छलफल भइरहेको ललितपुरका सहायक प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले लोकपथलाई जानकारी दिए ।

यसै विषयमा जानकारी दिँदै ललितपुरका सहायक प्रमुख जिल्ला अधिकारी बस्नेतले लोकपथसँग भने- ‘१६ गतेबाट एकहप्ता निषेधाज्ञा गर्ने भन्ने लगभग अन्तिम टुंगोमा पुगेको छ । मोडालिटी कस्तो बनाउने भन्ने विषयमा छलफल भइरहेको छ ।’काठमाडौं उपत्यका लगायत देशैभर कोरोना संक्रमितको संख्या ह्वात्तै बढेसँगै उपत्यका प्रशासनले लकडाउन गर्ने निर्णय गरेको हो ।यसअघि आइतवार तीनै जिल्लाले अत्यावश्यक बाहेकका सेवाहरु बन्द गरिसकेको छ ।

यसअघि आइतवार नै कोभिड १९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले कोरोना जोखिम बढेको भन्दै निषेधाज्ञा गर्न सुझाव दिएको थियो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]