३० भाद्र २०८१, आइतबार
wait Please...

KChhaKhabar

आइतबार, बैशाख १२, २०७८

गत शनिबार चीनकाे साङघाई सहरमा सयौं ड्रोनहरुले आकाशमा लाईट शाे प्रस्तुत गरे । साङघाई सहरको वाटरफ्रन्ट अगाडि ती ड्रोनहरु एकबद्ध भएर एउटा ठूलो क्यूआर कोडको रुप लिए ।

चिनियाँ भिडिओ स्ट्रिमिङ कम्पनी बिलिबिलीले आफ्नो मोबाइल गेमिङ ‘प्रिन्सेस कनेक्ट! रि ड्राइभ’ को पहिलो वर्षको अवसरमा उक्त लाइट पर्फमेन्सको आयोजना गरेको थियो । उक्त गेम चीनअघि जापानमा तीन वर्षअघि सार्वजनिक भएको थियो, जुन निकै लोकप्रिय छ ।

साङघाईको वाटरफ्रन्ट एरिया बण्डको माथिल्लो भागमा १५ सय ड्रोनहरुले एकसाथ एउटा वृहत क्यूआर कोडको स्वरुप बनाएका थिए । साथै तिनै ड्रोनहरुले उक्त गेमको लोगोसँगै विभिन्न चित्रहरु पनि आकाशमा बनाएका थिए ।

ड्रोनहरुले बनाएको उक्त क्यूआर कोडलाई स्क्यान गर्न प्रयोगकर्ता गेमको होमपेजमा पुग्न सक्थे । त्यसैबाट गेमरहरुले गेम डाउनलोड गर्नुका साथै त्यसको एक वर्षकाे एनिभर्सरी प्याकेजसमेत पाएका थिए ।

पछिल्लो केही वर्षयता साङघाई वाटरफ्रन्टको अगाडि ड्रोन पर्फमेन्स निकै लोकप्रिय विज्ञापन रणनीतिको रुपमा प्रयोग हुँदै आइरहेको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]