२६ फाल्गुण २०८२, मंगलबार
wait Please...

KChhaKhabar

शनिबार, बैशाख ११, २०७८

सिन्धुली – सिन्धुलीमा शुक्रबार मोटरसाइकल दुर्घटना हुँदा एकै परिवारका तीन जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेहरुमा दुधौली नगरपालिका ४ डकाहाका २६ वर्षीय यम कुमर दनुवार, १३ वर्षीय आशिष कुमर दनुवार र ९ वर्षीय आदित कुमर दनुवार रहेको प्रहरीले जनाएको हो ।मदन भण्डारी लोकमार्ग अन्तर्गत कमलामाई नगरपालिका १४ चन्दनपुरमा प्रदेश २–००१ प २१६३ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा उनीहरुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायव उपरीक्षक तथा प्रवक्ता मनोज कुमार लामाले बताए ।आशिष र आदित यम कुमर दनुवारका भतिजहरु हुन् । ‘यम कुमर दनुवार र आशिष दनुवारको घटनास्थलमै मृत्यु भएको हो भने आदित कुमर दनुवारको सिन्धुली अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो,’ लामाले भने ।

यम कुमर दनुवार जिल्ला प्रहरी कार्यालय सर्लाहीमा कार्यरत प्रहरी जवान हुन् । एउटै मोटरसाइकलमा सवार तीनै जना सिन्धुलीको भिमानबाट डकाहतर्फ जाँदै थिए । मृतक यम र आशिषको शव पोष्टमार्टमका लागि सिन्धुली अस्पताल ल्याउने तयारी गरिएको प्रवक्ता लामाले जानकारी दिए । मोटरसाइकल आफैँ अनियन्त्रित भइ दुर्घटना भएको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]