३० मंसिर २०८२, सोमबार
wait Please...

KChhaKhabar

शनिबार, बैशाख ११, २०७८

सिरहाको लक्ष्मिपुर पत्तारी गाउँपालिका वडा नम्बर – २ पर्सा टोलमा शुक्रवार साझ भएको आगलागीले लाखौको क्षति भएको छ ।

स्थानीय रविन्द्र साहको घरबाट आचानक सल्केको आगोले एकै दाजुभाईका ८ घर – परिवारको धनमाल पुर्णरुपमा जलेर नष्ट भएको छ । आगलागीले कुनै प्रकारको मानवीय क्षति नभएपनी भैतिक रुपमा पिडित घरमुलिहरुको घर – घरमा रहेको अन्नपात , कपडालत्ता , भाडाकुडा , गरगहना , नगद , लगायतका सरसमानहरु पुर्ण रूपमा जलेर नष्ट भएको स्थानीय हरेराम साफिले बताए । क्रमशः सचिन्द्र साहको ( ६ लाख ) , बिरेन्द्र साहको ५० हजार नगद सहित जम्मा (१० लाख ) , आनन्द साहको ३ लाख नगद सहित जम्मा ( १० लाख) , लाले साहको ( ६ लाख) , धिरेन्द्र साहको १ लाख ५० हजार नगद सहित जम्मा (५ लाख ) , लछुराम साहको ( ४ लाख ) , रविन्द्र साहको (४ लाख) , रामलोचन साहको राईसमिल , नगद रु ४ लाख सहित जम्मा (१५ लाख ) बराबरको धनमाल सहित करिब ६० लाखको क्षति भएको पीडित परिवारले जनाएको छ ।
घरमा कोई नभएको बेला आचानक आगलागी भएको वडा नम्बर- २ का वडा अध्यक्ष धर्मेन्द्र राय दनुवारले बताए । लहानबाट आएको बारुण यन्त्रले १ घण्टा पछि आगो नियन्त्रणमा लिएको थियोे । आगलागीको कारण पीडित परिवार बिचल्लीमा परेपछि तत्कालै गाउँपालिका बाट राहत स्वरुप प्रती परिवार २५ केजि चामल ,२ केजि दाल , २ किलो नुन , १ लिटर खानेतेल , आधी किलो स्वाविन , २ वटा सावुन , १ वटा त्रिपाल पीडित परिवारलाई वितरण गरेको गाउँपालिकाका लेखापाल नरेश कामतीले जनाएको छ । वडा अध्यक्ष धर्मेन्द्र राय दनुवारले आफ्नो ब्यक्तिगत तर्फबाट पीडित परिवारलाई नगद एक हजार को दरले जम्मा रु आठ हजार राहत स्वरुप सहयोग गर्नुभएको थियो ।

पीडित परिवारलाई राहत दिन सहयोगी मनहरुको खाचो रहेको वडा अध्यक्ष दनुवारले आग्रह गर्नुभएको छ । बिचल्लीमा परेको परिवारलाई सेवा गर्नु भन्दा ठूलो धर्म अरु कुनै नभएकोले सरोकारवाला लाई तत्काल सहयोग गर्न उहाँले आग्रह गर्नुभयो । आगलागी भएको स्थलगत स्थानमा आज भएको राहत वितरण कार्यक्रममा पालिकाका कर्मचारी धनिकलाल यादव लगायत स्थानीय बुद्धिजीवी , राजनैतिक दलका प्रतिनिधि , पत्रकार लगायतको सहभागीता रहेको थियो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]