
सप्तरी – सप्तरीको राजविराज विमानस्थलमा आज (शुक्रवार)बाट १५ दिनका लागि उडान सेवा रोकिएको हो ।
विमानस्थलको धावनमार्ग स्तरोन्नती कार्य थालिएकोले वैशाख १० गतेदेखि २५ गतेसम्म उडान सेवा रोकिएको हो । विमानस्थलबाट ‘बुद्ध एयरलायन्स’ले काठमाडौंदेखि राजविराज र राजविराजदेखि काठमाडौंसम्म नियमित उडान भर्दै आएको छ ।
‘विमानस्थलमा स्तरोन्नती कार्य थालिएको हुनाले तत्काललाई विमान सेवा रोकिएको छ’ यता बुद्ध एयरलायन्स राजविराजका प्रबन्धक अनिल राजवंशीले ‘स्तरोन्नती कार्य सकिएसँगै विमानस्थल सेवा पुन सुचारु हुनेछ जानकारी के छ खबर ’लाई जानकारी गराए ।