
मोरङ – मोरङ कानेपोखरी २ दलेलीमा चट्याङ लगेर एक महिलाको मृत्यु भएको छ ।
बिहिबार बिहान परेको चट्याङमा परी स्थानीय ४३ बर्षीय सुकवती राजवंशीको मृत्यु भएको प्रहरीले जनाएको छ ।पानी परेको बेला घर नजिकै रहेका गाईगोरू सार्न जाने क्रममा चट्याङमा परी राजवंशी गम्भीर घाईते भएकी थिईन ।
घाईते राजबंशीको उपचारको लागि उर्लाबारी स्थित मदनभण्डारी अस्पताल तथा ट्रमासेन्टर लगेकोमा अस्पताल पुर्याउन साथ मृत्यु भएको ईलाका प्रहरी कार्यालय उर्लाबारीले जनाएको छ ।