२१ मंसिर २०८२, शनिबार
wait Please...

KChhaKhabar

सोमबार, बैशाख ०६, २०७८

जिल्ला प्रशासन कार्यालय पर्साले सडकमा मास्क नलगाई हिँड्नेलाई कारबाही गर्न सुरु गरेको छ । छिमेकी मुलुक भारतमा तीव्र रूपमा संक्रमण बढेकाले त्यसको प्रत्यक्ष असर सीमा जोडिएको पर्सामा परेपछि मास्क नलगाई हिँड्नेलाई प्रहरीले सोमबारदेखि जरिवाना गर्न थालेको हो ।

संक्रामक रोग ऐन, २०३० बमोजिम जिल्ला प्रशासन कार्यालय पर्साको निर्देशनअनुसार पर्सा प्रहरीको मातहतमा रहेका प्रहरी युनिटहरूले मास्क नलगाई हिँड्नेलाई कारबाही गर्ने कार्य अघि बढाएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । विनामास्क बजारमा भेटिएकाहरूलाई प्रहरीले समातेर एकपटकका लागि सय रुपैयाँ जरिवाना तिराउने तथा सम्झाइबुझाई मास्क नलगाई घरबाहिर ननिस्कने सर्तमा एक थान मास्क वितरण गरी छोडेको पर्साका प्रहरी उपरीक्षक बेलबहादुर पाण्डेले जानकारी दिए ।

उनका अनुसार बिहानैदेखि प्रहरीले वीरगन्ज महानगरपालिकाको घन्टाघरचोक, माईस्थान, भानुचोक, रानीघाटलगायतका ठाउँमा मास्कविना हिँडेकाहरूलाई कारबाही गरेको छ । घन्टाघर, माईस्थान र श्रीपुरमा विनामास्क भेटिएका ८२ जनालाई प्रहरीले जनही सय रुपैयाँका दरले जरिवाना तिराएको छ ।
वीरगन्ज महानगरपलिकालगायतका अन्य सबै पालिकामा माइकिङ तथा जनचेतानामूलक कार्यक्रम पनि गरिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]