२६ फाल्गुण २०८२, मंगलबार
wait Please...

KChhaKhabar

सोमबार, बैशाख ०६, २०७८

झापा – भारतीय नम्बर भएको मिनी ट्रकको ठक्करबाट झापामा साइकल यात्रीको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय झापाका डिएसपी राकेश थापाका अनुसार मेचीनगर नगरपालिका–७ इच्छा टोलका ३२ वर्षीय मनोज मेचेको मृत्यु भएको हो।

पूर्व-पश्चिम राजमार्गअन्तर्गत मेचीनगर–७ स्थित एनएमसी डेरी उद्योग नजिकै सोमबार बिहान साढे ९ बजे पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको डब्लुबी ७३ बी ३३२४ नम्बरको मिनी ट्रकले सडक काट्दै गरेका साइकल यात्री मेचेलाई ठक्कर दिएको थियो। टक्करबाट गम्भीर घाइते भएका मेचेको बिर्तामोडस्थित बिएण्डसी अस्पतालमा उपचारको क्रममा बिहान १०:१० बजे मृत्यु भएको डिएसपी थापाले जानकारी दिए।

इलाका प्रहरी कार्यालय काँकडभिट्टाले ट्रकलाई नियन्त्रणमा लिएको छ। चालक फरार रहेकाले खोजी भइरहेको प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]